कविताको शिर्षकः आर्त उपकार
रचना मितिः २०६२/०८/०३ गते बुधबार
छन्दः शशिबदना (स्लो. १-१४), अनुष्टुप (स्लो. १५-२२), शार्दूलबिक्रीडित (स्लो. २३)
रचनाकारः देवकीनन्दन शरण भण्डारी
बस सबै जनको, दिलमा सधै ।
बसिरहुन् जननी, मनमा अजै ॥
॥१॥
शीत्तलको झरना, दिलमा परोस् ।
कुमतिको भावना, घट्दै गरोस् ॥
॥२॥
मन गरौं पर, सेवक चाकरी ।
घर नभैं हिड्ने, भिक्षुकै सरी ॥
॥३॥
यिनी सबै सुरकै, सुर सम्झ है ।
सेवक नै यिनको, वन है सधै ॥
॥४॥
भिक्षुकको दिलले, खुस भैकन ।
मनखुली रमने, मृदु यौवन ॥
॥५॥
मिलनी हो धनि, सेवक नै भये ।
भिक्षुकका दुःख, पार हुने थिये ॥
॥६॥
मान्छे सबैले, समभाव राखौं ।
सानो र ठूलो, यहि भाव तोडौं।
॥७॥
आत्मा कसैको, नदुखाउँ हामी ।
गोलोक जाने, जनले त जानी ॥
॥८॥
साक्षात् कष्ण, हरि आत्म बासी।
जानौँ सबैले, यति ख्याल राखी ॥
॥९॥
जानेर मात्रै, जब बुद्धि फिर्ला।
आत्मा परात्मा, तब ज्ञान होला ॥
॥१०॥
नारायणै हो, भिक्षु बामनै त्यो ।
राजा वली नै, चकना चुरैभो ॥
॥११॥
त्यागी उदारै, मन भावनाको।
सेखी हरायो, नृपराज जीको ॥
॥१२॥
साक्षात् सेवा, दुःखीको गरेर ।
आखिर मिल्ला, हरि धाम हेर ॥
॥१३॥
भोको र प्यासो, जन आत्माले नै ।
आशिक देला, जिउन्यार लेनै ॥
॥१४॥
ठूलो हो दानमा यहि, भोजन जलपान हो ।
यसले जन सन्तुष्ट, देखिने यहि मात्र हो ॥
॥१५॥
अन्नपान समोदान, नभूतोन भविष्यति ।
यि कुरा सबले जानौं, कल्याण यहि हुन्छ नि ॥
॥१६॥
आर्तो पकार योकार्य, दुःखीको दुःख नासदा ।
भेटिन्छ परमेश्वर, प्राणीको आत्ममा सदा ॥
॥१७॥
चल प्राणिहरुको त, हत्यादी नगरी कन । .
रहने जन हो मान्छे, हत्यारा जन दानव: ॥
॥१८॥
हत्यारा काम त्यागेर, स्वात्मा कै तुलना गरी ।
बसने जन हो बुझनु, मानव देवता सरी ॥
॥१९॥
आर्तमा जन मात्र नै, गनिन्न बुझनु सब ।
चलने सब जो प्राणी, जान्नु छ सबले अब ॥
॥२०॥
प्राणी सम्पूर्णमा मान्छे, दयाले युक्त भैकन ।
रहने आर्तको सेवी, गनिन्छ त्यहि हो जन ॥
॥२१॥
सेवाको गतिमा प्रवेश गरने, जस्को भयो भावना ।
आत्माकै तुलना गरिबहरुमा, गर्ने शुभै कामना ॥
॥२२॥
सम्मानै दिलले गरौं निशदिनै, रातौं दिन हर्दम ।
सदभावै यहि हो बुझौं सकलले, सेवा शुभै कामना ॥
॥२३॥
जय श्री राधै
0 Comments