गुल्मी सत्यवती गाउँपालिकाको छोटो परिचय

- देवकीन्दन शरण भण्डारी

कृते सत्यव्रतीज्ञेया, त्रेतायाञ्च तपोवनी। द्वापरे मुक्ति सोपान, कलौ नैपालीका पुरी। स्क.पु. हिमवत् खण्ड

यो देश विश्वको एकमात्र तीर्थराज पुण्यधाम हो। जसको नाम पनि युगअनुसार बेग्लाबेग्लै छ। सत्ययुगमा यसको नाम सत्यवती थियो। त्रेता युगमा तपोवन तपोभूमी, द्वापर युगमा मुक्ति सोपान अर्थात् जुन ठाउँबाट गोलोक वैकुण्ठादी जाने बाटो भन्ने थियो, कलीयुगमा (नेपाल) शास्त्रीय नीयम् नीतिको पालन गरि व्यभारमा उतार्दा पूर्वोक्त लोकमा जीवात्मालाई पुर्‍याउन सकिने भएकोले नियम पालनम् इति नेपाल भन्ने रहे‌को शास्त्रीय ठहर छ। क्षेत्रीयले राज्य सञ्चालन गर्दा सम्म राज्यमा शान्ति मिल्छ। ब्राह्मण को स्वभावजन्य कर्म, निम्न प्रकार छ, शम, दम्, तप, पवित्रता, शान्ती, सरलता, ज्ञान विज्ञान र आस्तिकी-बुद्धि।

क्षत्रीयको कर्म शुर्‍याई तेजीलोपन, धैर्य, बठ्याई, युद्धबाट पछी नहटी अघि डट्ने प्रजामाथी न्यायोचित हुकुम बक्सने क्षेत्रीयका धर्म भित्र पर्ने कर्म हुन्।

वैश्यका कर्म कृषि, व्यापार, पशुपालन वैश्यकर्म चारै तर्फबाट चाकरी गर्नु शुद्रकर्म हो । यी वर्णाश्रम अनुसारका कर्म भए।

(नेपालाख्ये महापुण्ये, प्राणिनां मोक्षदस्थले) प्राणिहरूलाई मोक्षप्रदान गर्ने महापुण्य धाम कलौयुगे, कली युगमा नेपालाख्ये नेपाल- नामले प्रख्यात छ।

(गण्डकी कौशिकी चैव, तयोर्मध्ये बरस्थलम्) सर्वोत्तम पवित्र नदी गण्डकी, कौशिकी प्रवाह भएको पुण्यक्षेत्र मनोवाञ्छीत वरदान प्राप्त गर्ने भूमि (नेपाल इति विख्यातम, देवक्षेत्रं सुखप्रदम्) नेपाल नामले प्रख्यात भएको देवताका निवासस्थल ऐश्वर्य प्रदान गर्न सक्षम छ। यसै सन्दर्भमा विश्व ब्रह्माण्डमा सम्पूर्ण प्राणी- देखि लिएर श्रृष्टि पालन र संहार कर्ता ब्रह्मा विष्णु महेश समेतमा शक्ति प्रदान गरि ब्राह्माण्ड संचालन गराउने माता सत्यवती, (मातरम् देवमातरम्) सामान्य प्राणीदेखि ब्रह्मा, विष्णु, महेश त्रिदेवकी आमा श्रृष्टि गर्दा ब्रह्माजीसँग सावित्री बनेर शक्ति प्रदान गर्नुहुन्छ, पालन गर्दा विष्णुसँग लक्ष्मी रुपमा शक्ति प्रदान गर्नुहुन्छ, संहार गर्दा रुद्रसँग उमा बनेर शक्ति प्रदान गर्नुहुन्छ,  यिनै सत्यकी अधिष्ठात्री भएकोले मातालाई सत्यवती भनिएको रहेछ। 

उनै सत्यवती माता कालान्तरको भेदमा हालको ध्यानस्थ प्राकट्य स्थल नेपाल देशको गुल्मी जिल्ला लिम्घा, हँसरा, फोक्सिङ, अस्लेवा जुनियाँ, जोहाङ, भार्से, थाप्ले लगायतका क्षेत्रसँग सम्बन्धित सन्निकट रहेको अनुपम पुण्यक्षेत्रमा सत्यवती र बुढी सत्यवती नामले सुपरिचित पुण्यधाममा ब्रह्मकपाली शिद्धशिला प्रत्यक्ष छन्। यीनमा आफ्ना पूर्वजहरुलाई पिण्ड तर्पण गर्नाले गोलोक वैकुष्ठादि धाम पितृहरुले प्राप्त गर्दछन्। यदी कसैका पितृ प्रेत बनेर दुःख दिने र दुःख पाउने गरेको भए पहिलो दिन त्रिपिण्ड गरेर दोश्रो दिन अखण्ड श्रीमद्भागवतको साथमा गीतासहित पितृशुक्त पाठपारायण तत् दशांश हवन तर्पण मार्जन गरी सम्भव भए कुश मात्रको सम्भव नभए कुश मिसाएर पञ्चपल्लवादि पत्रहरु तोरणमा सजाएर वैदिक विधिबाट पूजा गरी बुढी सत्यवती मन्दिर ब्रह्मकपाली शिद्धशिलामा तीन-तीन फन्का बेरेर ताग्नुका साथ मद्य, मांस, तमाल पत्रले वञ्चित उभय सन्ध्या वन्धन गर्ने वरणीय ब्राह्मण सहित एघार जना ब्राह्मणलाई भोजन गराउँदा सर्वे पितर सन्तुष्टा - सबै पितृ खुसी भई बैकुण्ठ जान पाउँछन् यसमा द्विमत छैन।यो हो सत्यवती माताको चमत्कार।  पितृहरु खुसी हुँदै आफ्ना सन्ततिलाई पुत्राशिर्वाद तत्परा- शुभाशिर्वाद दिन सदा सर्वद तत्पर भएर रहेका हुन्छन्।

पितृको आशिर्वाद‌को कारणले सन्ततिको सधै सुयस फैलिरहन्छ। जीवन हुँदा मातापितालाई देवरुपमा सेवा गर्ने र देहलीला विसर्जन भएपछी पूर्वोक्त विधिले पितृको रुपमा सेवा गर्नाले आफ्ना वंशजले पनि सञ्चालित परम्परालाई प्रेमपूर्वक चलाउनेछन्। यस‌मा माता सत्यवतीको कृपा रहि रहनेछ। वर्तमान अस्लेवा, च्यहमी, लुम्पेक लिम्घा, हँसरा, जोहाङ, जुनियाँ, भार्से यी आठवटा पूर्व गा.वि.स. अहिले यीनै माताको नामबाट अंकित सत्यवती गाउँपालिका नामाकरण भएको छ। यसलाई धार्मिक स्थलमात्र नभएर पर्यटकीय स्थल क्षेत्रमा रुपान्तर गराउनु स्थानीय सरकारको प्रमुख दायित्व हो। माता सत्यवतीले यहि प्रतिक्षा गर्नुभएको छ कि कसले कीर्तिजन्य पदीय कार्य गरेर जान्छ, ज-जसले यी आठवटा वाड भित्र मेरो नामजन्य कार्य गर्दछ, म उस उनीहरुलाई जीवन पहिचान गराउँछु, जीवन हुँदा सुयस र जीवनोपरान्त कीर्ति रहने कार्य बनोस्।आहार, निद्रा भय, मैथुन त पशुपक्षी र मानिसमा बराबर हुन्छ। मानिसमा हुनुपर्ने विशेषता मेरो काखमा रहेका पदीय ब्यक्तिले पहिचानुन् भन्ने माता सत्यवतीको आशय  यो अकिञ्चन ले जनसमक्ष पस्केको मात्र हो। अस्तु जय सत्यवती।

(ૐ ज्ञानज्योतिमा प्रकाशित)

Post a Comment

0 Comments