पूर्वज शशिधर हाम्रा, कालु दोश्रा यिनी भए।
मनिकण्ठ छोरा दोटा, खडुकण्ठु दुवै भए॥
॥१॥
खडुको वंश हो हाम्रो, दमारे कण्ठु हौ अनि।
मनिराम् बाजे हुन् हाम्रा, त्रिपुत्र यिनका तनि॥
॥२॥
रामेश्वर निसन्तान, जय मंगल नरहरि।
जयमंगल मेरो वंश, नरहरि गरादिवे॥
॥३॥
कालुकान्त जिजु मेरा, तोयनारायणै अनि।
चुरामणी पितामह, पदमपाणी पिता भनि॥
॥४॥
देवकीनन्दन मै हुँ, दामु चक्रु छोरा अनि।
पिताम्बर भयो नाति, वंशलता यहि तनि॥
॥५॥
भावार्थः
माण्डव्य गोत्रीय जोहाङ्ग ढाव भण्डारी कुलवंशीय वंशलता
शशिधरका छोरा कालु थिए। कालुका छोरा दुई भाइ; खडु र कण्ठु नामका थिए। खडुको वंशमा कुइन्कोटे, भुपाले, बुढारे, गरादिवे, गराले, पुछारे, परका, तल्लारे, सिराने थिए। कण्ठुको वंश तर्फ हौसुके, दमारे, बर्तुङ्गे, दशघरे भए। खडुका वंशमा मनिराम भए। मनिरामका ३ भाइ छोरा रामेश्वर, जयमंगल र नरहरि भए। रामेश्वर निसन्तान भए। नरहरि तर्फ गरादिवे भए भने जयमंगलको वंशमा कालुकान्त र कालुकान्त पछिको वंशमा तोयनारायण भए। तोयनारायणका छोराहरु ३ भाइमध्ये जेठा उदानन्दबाट बुढारे, माइला कुश्माखरबाट भुपाले र कान्छा चुरामणीबाट कुइन्कोटे भए। चुरामणीका ४ भाइ छोरा मध्ये जेठा गंगाधर, माइला आत्मराम, साइला काशिराम र कान्छा पदमपाणी भए। पदमपाणीका ८ भाइ छोरा क्रमशः नन्दराम, शोभाखर, खीमलाल, शिवलाल, काशीराम, नामदेव, झविन्द्र र कान्छो म देवकीन्दन भयौं। मेरो वंशमा २ भाइ छोरा दामोदर र चक्रपाणी तथा नाति पिताम्बर (सुगम) भए। यसरी शशिधर देखि नाति पिताम्बर (सुगम)सम्म आइपुग्दा ११ पुस्ताको हाम्रो वंशलता आएको छ।
११ पुस्ताको वंशलतालाई क्रमशः शशिधर, खडु, मनिराम, जयमंगल, कालुकान्त, तोयनारायण, चुरामणी, पदमपाणी, देवकीनन्दन, (दामोदर, चक्रपाणी) र पिताम्बर (सुगम) भनि उल्लेख गर्न सकिन्छ। यसलाई सचित्र तल प्रस्तुत गरिएको छ (फोटो जुम गरेर हेर्नुहोला)।
0 Comments